४ वर्ष पछि नेप्सेमा २७ लाख कित्ता शेयर सुचिकृत, आखिर के थियो त कारण ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार २७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई गाभेपछि गरिमा विकास बैंकको नाममा हुन आउने २७ लाख २२ हजार ७ सय ६ दशमलव ०४ कित्ता शेयर सुचिकृत भएको हो ।

 

हाल सुचिकृत भएको २७ लाख २२ हजार ७ सय ६ दशमलव ०४ कित्ता र यस अघि कायम रहेको ३ करोड ६७ लाख ५९ हजार १ सय २६ कित्ता गरि अब गरिमाको कुल सुचिकृत शेयर संख्या ३ करोड ९४ लाख ८१ हजार ८ सय ३२ पुगेको छ।

गरिमा विकास बैंकले १:१ स्वाप अनुपातमा सहारा विकास बैंकलाई गाभेको हो । यस संगै लामो समयदेखि रोक्का रहेको सहाराको शेयर गरिमाको नामबाट कारोबार फुकुवा भएको छ । नेप्सेमा सहारा विकास बैंकको कारोबार ४ वर्षदेखि रोक्का रहेको छ । सुरुमा देव विकास बैंकले सहरा विकास बैंकलाई गाभ्न लागेको थियो । तर त्यो प्रक्रिया रद्द भएको थियो । त्यसपछि गरिमाले सहारालाई गाभेको हो ।

गरिमा विकास बैंकले सहारा विकास बैंकलाई गाभेपछि गत कार्तिक २८ गतेबाट एकिकृत कारोबार सुरु भएको थियो  । गरिमा विकास बैंकको नामबाट एकिकृत कारोबार सुरु भएको हो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय