२ अर्ब सम्मको सरकारी राजस्व भुक्तानी गर्न सकिने डिजिटल माध्यमबाटै

नेपाल क्लियरिङ्ग हाउसले सञ्चालन गर्दै आएको एनसीएचल बैंक सेन्ट्रल तथा  कर्पोरेटपे प्रणाली मार्फत् गरिने सरकारी राजस्व भुक्तानीको सीमा बढेको छ । क्लियरिङ्ग हाउसका अनुसार पठाउने र पाउने बैंक /वित्तीय संस्था एउटै रहेको खण्डमा भुक्तानीको प्रति कारोवार सीमा बृद्धि गरिएको हो।

 

 

विभिन्न सरकारी निकाय तथा बैंक वित्तीय संस्थाको समन्वय एवम् नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात कारोबार सीमा बृद्धि गरिएकोमा अब बैंक/वित्तीय संस्थाका ग्राहकहरुले सरकारी राजस्व भुक्तानी गर्दा NCHL Bank Central मार्फत On-us (ठाउने र पाउने बैंक /वित्तीय संस्था एउटै रहेको खण्ड) मा रु २ अर्ब सम्म, र CORPORATEPAY मार्फत पब्लिक नेटवर्कबाट On-us मा रु १ करोड र प्राइभेट नेटवर्कबाट On-us मा रु ५ करोड सम्म गर्न सक्नेछन् । बृद्धि गरिएको प्रति कारोबार सीमा पठाउने र पाउने बैंक वित्तीय संस्था एउटै रहेको खण्डमा लागू हुनेछ भने पाउने र पठाउने बैंक/वित्तीय संस्था फरक रहेको खण्डमा हाल कायम रहेको नन रियल टाइम भुक्तानी रु ३० करोड सम्म र रियल टाइम भुक्तानी रु २० लाख सम्म नै लागू हुनेछ।

थप गरिएको कारोबार सीमाले नेपाल सरकारको डिजिटल माध्यमबाट राजस्व संकलन गर्ने पहललाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ । विशेषत नेपाल सरकार अन्तरिक राजस्व विभाग, भन्सार विभाग जस्ता ठूला रकम भुक्तानी गर्नपर्ने निकायहरुका लागी यो सविधा थप प्रभावकारी हुनेछ ।

एनसीएचएलले हाल connectIPS, CORPORATEPAY, Bank Central का साथै विभिन्न सदस्य बैंक वित्तीय संस्थाको मोबाईल बैंकिङ्ग तथा विभिन्न मोबाईल वालेट मार्फत पनि सरकारी राजस्व संकलन गर्ने सेवा विस्तार गर्दै आएकोमा चालू आर्थिक वर्षको फाल्गुन महिनाको मध्यसम्म एनसीएचएल मार्फत रु ३४ अर्ब बराबरको राजस्व संकलन भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय