बलेफी हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

बलेफी हाइड्रोले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज फागुन २६ गते अन्तिम दिन रहेको छ । इच्छुक लगानीकर्ताले आज बिहिबार बैंकिंग समयसम्म कम्पनीको आईपिओमा आवेदन दिन सक्ने छन्  ।

 

 

कम्पनीले माघ २७ गतेदेखि पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर बिक्रि खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये जुगल गाउँपालिका वडा नम्बर २,३ र ४ (साविकको गोल्चे, गुम्बा र पाङताङ  गाबिस)का स्थानीयलाई १० लाख ९६ हजार ७ सय ८९ कित्ता शेयर निष्काशन गरिएको छ । त्यस्तै आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नम्बर ७ र ५, बलेफी गाउँपालिकाको वडा नम्बर १,३,६ र ७ तथा सुनकोशी गाउँपालिकाको वडा नम्बर ७ का स्थानीयलाई ७ लाख ३१ हजार १ सय ८८ कित्ता शेयर निष्काशन गरिएको छ । यस आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।

कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ । आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ। स्थानीयलाई निष्काशन गरिने शेयर पूर्ण रुपमा बिक्रि नभएमा बिक्रि नभएको शेयर पनि सर्वसाधारणलाई बिक्रि गरिने छ । नेपाल धितोपत्र बोर्डले माघ ९ गते  कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति दिएको हो ।

कम्पनीको शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय