राष्ट्र उत्थान लघुवित्तको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

काठमाडौं : राष्ट्र उत्थान लघुवित्तको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । अब आइतबार (फागुन २९ गते) बाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १६७ रुपैयाँ ४३ पैसादेखि अधिकतम ५०२ रुपैयाँ २९ पैसाभित्र रहेर हुनेछ । आरयुएलबी संकेतमा यसको कारोबार खुला हुनेछ । राष्ट्र उत्थानको चुक्ता पुँजीका आधारमा कायम कुल २६ लाख कित्ता सेयर सूचीकरण गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय