७९ सालमा ९० भन्दा धेरै दिन सार्वजनिक विदा (सूचीसहित)

नेपाल सरकारले संवत् २०७९ सालमा हुने सार्वजनिक विदाको सुची सार्वजनिक गरेको छ  । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै  २०७९ सालमा वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयबारेको विवरण सार्वजनिक गरेको हो ।

सूचना अनुसार ७९ सालमा शनिवार सहित ९० दिन भन्दा बढी दिन सार्वजनिक विदा हुने छ । यद्यपि केहि विदा भने धर्म विशेष, क्षेत्र विशेष र समुदाय विशेषको लागि मात्र रहेको छ  ।

हेर्नुस २०७९ सालको विदाको सूची ”

१. वर्षभरिका शनिबार बिदा:

(क) वैशाख – ३.१०.१७,२४, ३१

(ख) जेठ – ७, १४, २१, २८

(ग) असार- ४.११.१८

(घ) साउन – ७, १४, २१, २८

(ङ) भदौ – ४, ११, १८, २५

(च) असोज – १, ८, १५, २२,२९

(छ) कात्तिक – ५.१२.१९.२६

(ज) मङ्सिर- ३,१०, १७, २४

(झ) पुस – २, ९, १६,२३,३०

(ञ) माघ – ७, १४, २१, २८

(ट) फागुन -६, १३, २०, २७

(ठ) चैत – ४, ११, १८, २५

२.पर्व बिदाहरू:

२.१ मुलुकभरि सार्वजनिक बिदा हने पर्वहरू:
(क) नव वर्ष – वैशाख १ गते बिहीबार।

(ख) राई, लिम्बू, याक्खा, सुनुवार, लगायतका किराँत समुदायको उभौली पर्व – चण्डी पूर्णिमा (वैशाखपूर्णिमा) – जेठ २ गते सोमबार।

(ग) रक्षाबन्धन – साउन २७ गते शुक्रबार।

(घ) श्रीकृष्ण जन्माष्टमी – भदौ ३ गते शुक्रबार।

(ङ) घटस्थापना – असोज १० गते सोमबार।

(च) छठ पर्व – कात्तिक १३ गते आइतबार।

(छ) किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि-ज्यापू दिवस (धान्य पूर्णिमा) – मङ्सिर २२ गते बिहीबार।

(ज) इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस डे, (डिसेम्बर २५) – पुस १० गते आइतबार ।

(झ) तमु ल्होसार – पुस १५ गते शुक्रबार।।

(ञ) माघी पर्व/माघेसङ्क्रान्ति – माघ १ गते आइतबार।

(ट) सोनाम ल्होसार – माघ ८ गते आइतबार ।

(ठ) महाशिवरात्री – फागुन ६ गते शनिबार ।

(ड) हिमाली आदिवासी जनजातिहरूले मनाउने ग्याल्पो ल्होसार – फागुन ९ गते मङ्गलबार ।

(ढ) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) का दिन ।

(ण) इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का दिन ।

(त) फागुपूर्णिमा, हिमाली र पहाडी जिल्लालगायतका ५६ जिल्लाहरूमा फागुन २२ गते सोमबार तथा देहायका तराई जिल्लाहरूमा फागुन २३ मङ्गलबार ।

२.२ सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र सार्वजनिक बिदा हुने पर्वहरू:

(क) गाईजात्रा – साउन २७ गते शुक्रबार (देशभरका नेवार समुदायका लागि मात्र) ।

(ख) गौरा पर्व – भदौ १८ गते शनिबार।

(ग) मोहम्मद जयन्तीका दिन।

(घ) सिरुवा पावनीको दिन – सो पर्व मनाउने झापा, मोरङ्ग, सुनसरी, सिराहा र सप्तरी जिल्लामा ।

३. महिला कर्मचारीहरूको लागि मात्र:
(क) हरितालिका तीज) व्रत – भदौ १४ गते मङ्गलबार।

(ख) जितिया पर्व – असोज २ गते आइतबार (जितिया पर्व मनाउने महिला कर्मचारीहरूको लागि) ।

४. शिक्षण संस्थाहरूको लागि मात्र:
बसन्त पञ्चमी- माघ १२ गते बिहीबार।

५. जात्रा बिदा (काठमाडौं उपत्यकालाई मात्र):

(क) गाईजात्रा – साउन २७ गते शुक्रबार।

(ख) इन्द्रजात्रा – भदौ २४ गते शुक्रबार।

(ग) मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा (सो जात्रा हुने दिन) ।

(घ) घोडेजात्रा – चैत ७ गते मङ्गलबार।

६. दशैं बिदा:
असोज १६ गते आइतबार देखि असोज २१ गते शुक्रबार सम्म (फूलपातीदेखि द्वादशीसम्म) ।

७. तिहार बिदा

(कात्तिक ७ गते सोमबारदेखि ११ गते शुक्रबारसम्म) :

(क) लक्ष्मीपूजा – कात्तिक ७ गते सोमबार।

(ख) गाई तिहार – कात्तिक ८ गते मङ्गलबार।

(ग) म्हपूजा, नेपाल संवत् प्रारम्भ, गोवर्द्धनपूजा – कात्तिक ९ गते बुधबार ।

(घ) भाइटीका/किजापूजा – कात्तिक १० गते बिहीबार ।

८. दिवस बिदा:

८.१ मुलुकभरि सबैलाई हुने सार्वजनिक दिवस बिदाहरू:

(क) विश्व मजदुर दिवस – (मे १) वैशाख १८ गते आइतबार।

(ख) गणतन्त्र दिवस – जेठ १५ गते आइतबार।

(ग) संविधान दिवस (राष्ट्रिय दिवस) – असोज ३ गते सोमबार ।

(घ) राष्ट्रिय प्रजातन्त्र दिवस – फागुन ७ गते आइतबार ।

(ङ) अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८)- फागुन २४ गते बुधबार ।

 

८.२ अपाङ्गता भएका कर्मचारीहरूको लागि मात्र:

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, (डिसेम्बर ३) मङ्सिर १७ गते शनिबार नेपाल भित्रका अपाङ्गता भएका सम्पूर्ण कर्मचारीहरु

९.जन्म जयन्ती बिदा:

९.१ मुलुकभरि सबैलाई हुने सार्वजनिक जयन्ती बिदा:
बुद्ध जयन्ती – जेठ २ गते सोमबार।

९.२ सम्बन्धित धर्मावलम्बीहरूका लागि मात्र:
(क) फाल्गुनन्द जयन्ती – कात्तिक २५ गते शुक्रबार 1 (किराँत धर्मावलम्बी) ।

(ख) गुरु नानक जयन्ती . कात्तिक २२ गते मङ्गलबार (नेपाली सिख धर्मावलम्बी) ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय