नेटवोर्थ नै रु.३४७ रहेको जाल्पा सामुदायिक लघुवित्तको ओपेनिङ्ग रेन्ज किन कम ? कारण येस्तो  ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको शेयर सुचिकृत भएको छ  । आज शुक्रबार कम्पनीको १६ लाख कित्ता शेयर सुचिकृत भएको हो  ।

 

शेयर सुचिकृत भएसंगै आगामी आइतबारदेखि उक्त शेयर कारोबार गर्न सकिने भएको छ  । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १६४.४० रुपैयाँदेखि ४९३.८० रुपैयाँसम्मको रेन्ज तोकेको छ  । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ  । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ  । कम्पनीको JALPA सिम्बलबाट कारोबार हुने छ  ।

तर सबैको मनमा जाल्पा सामुदायिक लघुवित्तको बुकव्यलुलाइ लिगेर छ। येही सन्दर्भ र चासो मेटाउन हामीले उक्त रिपोर्टिंग तयार परेका छम.. नेप्सेले ओपेनिङ्ग रन्ज तोक्न को लागि अडिट गरेको रिपोर्ट अनुसार गर्ने गर्छ . जस्मा जाल्पा लघुवित्तको आर्थिक वर्ष ०७७/७८ को कम्पनी रिपोर्ट अडिट भएको छैन. तेहि कारण ले जाल्पा समुदियक लघुवित्तले ओपेनिङ्ग रन्ज आर्थिक वर्ष ७६/७७ को आधारमा गरेको छ।

 

कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटलरहेको छ ।  शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

जाल्पा लघुवित्त वित्तिय संस्थाले माघ २१ गतेदेखि माघ २५ गतेसम्म  प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको थियो  । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय