नेपाली शेयर बजार आइपिओको लागि मात्रमा सिमित – अझै पनि लगानीकर्ता बुझ्दैनन् दोस्रो बजार

 

 

पछिल्लो समय नेपाली बजारमा शेयरमा निकैनै क्रेज बढ्न थालेको छ. . हाल सम्ममा ५० लाख भन्दा बढी त डी-म्याट खाता नै पुगीसकेको छ। तर के यो खुसि को खबर हो त ?? के यसले नेपाली बजारलाई नया उचाईमा पुराउला त??

 

 

एउटा कहानी पढौं र बुझ्ने प्रयास गरौं।

झरीको मौसम छ। लगातार ४/५ दिन देखि पानी परिरहेको छ। घाम आक्कल झुक्कल मात्रै लाग्छ। पानी कतिखेर पर्ने हो ठेगान नै हुन्न । धुनुपर्ने लुगाहरु धेरै भैसकेका छन।

हिजो दिउसोदेखि नै मौसम सफा छ । आकाशमा बादल कम छ । भोलिको दिन त पक्कै घाम लाग्ला अनि लुगा धोएर सुकाउनुपर्छ भन्ने योजना उमाले बनाइसकेकी छन् ।

 

बिहान उठेर ८ बजेतिर कौशीमा गएर हेर्दा तल्लो घर, पल्लो घरका साथीहरुले पनि लुगा धुँदै गरेको देखेपछि उनको मनमा आत्मविश्वाश बढ्छ । अनि सोच्छिन, आज त पक्कै एकदम राम्रो घाम लाग्छ त्यहि भएर त सबै जनाले लुगा धुँदै छन् ।

उमाले धुनुपर्ने जति लुगा जम्मा गरिन र एकछिनपछि फेरी बाहिर गएर हेरिन । आकाशमा अलि अलि बादलहरु देखिए । यतिबेला ९ बजिसकेको थियो । पानी पो पर्ने हो कि जस्तो लाग्यो उनलाई र घाम मज्जाले चर्किने निश्चित भएपछी मात्रै लुगा धुन सुरु गर्ने निधो गरिन। अब उनी भान्छातिर लागिन्, खाना बनाउने, खाने, खुवाउने र अन्य सरसफाइको काम गर्दा लगभग ११ बजिसकेको थियो ।

उनी अलिक थाकेकी थिइन् । बेडमा एकछिन टिकटक हेर्दाहेर्दै केहि समयको लागि निदाइछ्न् ।

ब्युझिदा १२:३० भैसकेको रहेछ। ला, कस्तो भुसुक्कै निदाएछु भनेर सोच्दै बाहिर निस्केकी त घाम एकदम चर्किरहेको रहेछ । अब चाहिँ लुगा नधोई भएन भनेर लुगा धुन सुरु गरिन । करिब २:३० बजेसम्ममा उनले लुगा धोईसकिन । कौशीमा लुगा सुकाउन जादा पल्लो घरको आन्टी लुगा उठाउदै रहिछन । तल्लो घरकी दिदीले पनि लुगा सुकाइसकेकि रहिछन ।

उमाले लुगा सुकाउदै गर्दा तल्लो घरको दिदि पनि कौशीमा आइन ।

डोरीमा लुगा टाङ्ग्दै तल्लो घरको दिदीलाई उमाले सोधिन ,” दिदि लुगा सुक्यो ?”

“अँ, सुक्न लाग्यो । हिजो टि. भी. मा आज दिउसो ३ बजेसम्म मौसम राम्रो हुने अनि त्यसपछि पानी पर्न सक्छ भन्दै थियो त्यहि भएर मैले त १० बजे नै लुगा धोईसकेर सुकाको। ”

‘ला, हो र ? भर्खरै लुगा सुकाउदै छु, पानी पर्यो भने त बर्बाद भैहाल्छ नि !” उमाले भनिन ।

त्यतिबेलै पल्लो घरकी आन्टी सुकेका लुगा उठाएर जान लागिन। उमाले सोधिन , “पानी पर्ला त आन्टी अब ?

आन्टीले गाउमाथिको जंगलतिर इशारा गर्दै भनिन , ” उ त्यो जंगलमा बिहानीपख हुस्सु लाग्यो भने दिउसो मज्जाको घाम लाग्छ र ३ बजेपछि पानी पर्न थाल्छ । त्यहि भएर मैले त बिहान ९ बजे नै धोएर सुकाकी । ”

नभन्दै एकछिनपछि मज्जाको पानी पर्न थाल्यो । उमाले अब लुगा सुक्नको लागि अर्को घाम लागेको दिन कुर्नुपर्ने भयो ।

बिहानै पल्लो घरकी दिदिलाइ किन सोधिनछु भनेर उनलाई पछुतो हुन थाल्यो ।

टिकटकमा धेरै समय बर्बाद गर्नुभन्दा एकछिन मौसम सम्बन्धि पुर्वानुमान  हेरेको भए पनि त हुन्थ्यो नि उमाले आफुले आफैलाई गाली गरिन ।

यहाँ प्रयोग गरिएकी पात्र ‘उमा’ एउटी विम्ब हुन् । कसैको नामसँग मिल्न गयो भने नराम्रो नमानि दिनु होला। धन्यवाद !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय