ब्रोकरहरुको डाटा सेन्टरमा समस्या आएका कारण रोकिएको सेयर कारोबार सुरु हुन केहि समय लाग्ने भएको छ ।
ब्रोकरको डाटा सेन्टर रिस्टार्ट गर्न लागिएकोले नेप्से सुचारु हुन केहि समय लाग्ने र प्राविधिक कारणले नेप्से जति समय रोकिन्छ त्यति नै समय थप गरि ३ बजेपछि पनि कारबार सञ्चालन गर्ने नेप्सेले जनाएको छ ।