७३ प्रतिशत लाभांश पारित गर्न जीवन विकास लघुवित्तले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ साधारणसभा आह्वान गरेको छ  ।

 

संस्थाको पौष २० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको तेस्रो वार्षिक साधारण सभा चैत्र २५ गते, शुक्रबार संस्थाको केन्द्रिय कार्यलग कटकरी २, मोरङमा १०ः३० बजेदेखि सुरु हुनेछ।

सभाले कम्पनीको फागुन ७ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

 

त्यसैगरी, संस्थाले लाभांश तथा साधारण सभा प्रयोजनका लागि चैत्र १५ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।

यस्ताछन् सभाका प्रस्तावहरुः

(क) सामान्य प्रस्तावः

(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आर्थिक बर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल
गरी पारित गर्ने।

(२) लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण
तथा सोसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।

(३) बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार यस वित्तीय
संस्थाको आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम
लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

(४) संचालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य मुनाफाबाट २०७८ आषाढ
मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. ६०,८४,००,०००/- को ७० प्रतिशतले हुन आउने रकम रु. ४२,५८,८०,००००० (अक्षरमा बयालिस करोड अन्ठावन्न लाख असी हजार रुपैयाँ मात्र) बोनश शेयर तथा ३.६८४२ प्रतिशतले हुन आउने रकम रु. २,२४,१४,७३६।८४ (अक्षरमा दुई करोड चौविस लाख चौध हजार सात सय छत्तीस रुपैयाँ आठ चार पैसा मात्र)
नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने सम्बन्धी प्रस्ताव स्विकृत गर्ने ।

(५) सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकको निर्वाचन गर्ने ।

(ख) विशेष प्रस्तावः
(१) वित्तीय संस्थाको अधिकृत पूँजी रु. १ अर्बबाट बृद्धि गरी रु. २ अर्ब पुयाउने ।

(२) वित्तीय संस्थाको जारी पूँजी रु. ६०,८४,००,०००/- बाट बृद्धि गरी रु. १,०३,४२,८०,०००/- (अक्षरेपी एक अर्ब तीन
करोड बयालिस लाख असी हजार मात्र) पुयाउने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने ।

(३) वित्तीय संस्थाको जारी पूँजी बृद्धि गरिने भएकाले सो बराबरको चुक्ता पूँजी पुयाउन वित्तीय संस्थाको हाल कायम चुक्ता
पूँजी रु. ६०,८४,००,०००/- को ७० प्रतिशतले हुन आउने रकम रु. ४२,५८,८०,०००/- (अक्षरेपी बयालिस करोड
अन्ठावन्न लाख असी हजार रुपैयाँ मात्र) बराबरको बोनस शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने ।

(४) बोनस शेयर जारी गरे पश्चात् वित्तीय संस्थाको अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६(क), ६(ख) र ६(ग) मा संशोधन गर्ने ।

(५) नेपाल राष्ट्र बैंकको स्वीकृती लिई डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यहरु गर्न प्रवन्धपत्रको दफा ५ खण्ड (र) थप गर्ने ।

(६) वित्तीय संस्थाको नियमावलीको नियम २७ (२) मा संशोधन गर्ने ।

(७) अध्यक्ष तथा सञ्चालकहरुको वैठक भत्ता तथा अन्य सुविधाहरु बुद्धि/थप गर्ने र सोही बमोजिम वित्तीय संस्थाको
नियमावलीको सम्बन्धित दफा संशोधन गर्ने।

(८) यस वित्तीय संस्थाले अन्य ईजाजतपत्रप्राप्त कुनै एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने (Merger) वा प्राप्ति (Acquisition) गर्ने, समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रतिवेदन (Due Diligence Audit Report) तयार गर्न मूल्यांकनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने तथा गाभ्ने/गाभिने एवम् प्राप्तिसंग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्न गराउनका लागि सञ्चालक समितिलाई
अख्तियारी प्रदान गर्ने।

(९) वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न गराउन तथा अभिलेख गर्दा गराउँदा केही सामान्य हेरफेर गर्न संशोधन सम्बन्धी कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन समेत वित्तीय
संस्थाको सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय