वोमी लघुवित्तको बोनस शेयर पाउन कर तिर्नु पर्ने, यस्तो छ प्रक्रिया

केहि लगानीकर्ताले वोमी लघुवित्त  को बोनस शेयर पाउन कर तिर्नु पर्ने भएको छ । २०७७/१२/०३ गतेदेखि २०७८/०८/२९ गतेसम्म शेयर खरिद गरि कायम भएका शेयरधनीले कम्पनीको १०औं वार्षिक साधारण सभाबाट पारित आ.व.२०७७/०७८ को २० प्रतिशत बोनस पाउन कर तिर्नु पर्ने भएको हो ।

 

संस्थाको शेयर रजिस्ट्रार कुमारी क्यापिटल वा कुमारी बैंक लिमिटेडको कुनैपनि शाखा कार्यालयमा सम्पर्क गरि कर बापतको रकम एकिन गरी कर तिर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीले कुमारी बैंकमा रहेको KCL-WOMI TAX COLLECTION 2071/78 खाता नं. ०१३००९८४०७२०००३७ मा जम्मा गरी आफ्नो बोनस शेयर प्राप्त गर्न अनुरोध गरेको छ।

बुक क्लोजको समयमा शेयर रोक्का रहेका शेयरधनी महानुभावहरुको बोनस शेयर फुकुवापत्र प्राप्त भए पश्चात् मात्र बोनस सेयर खातामा पठाईने कम्पनीले उल्लेख गरेको छ। हालसम्म आफ्नो शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गरेको अवस्थामा बोनस शेयर समेत आफ्नो हितग्राही खातामा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीका अन्सुअर  बोनस शेयर बापत लाग्ने करको विवरण शेयर रजिष्ट्रारको Website: www.kumaricapital.com बाट प्राप्त गर्न सकिने छ।

कम्पनीको साधारणसभाले हाल कायम चुक्ता पुंजीको २०  प्रतिशतले हुन् आउने ८  करोड २३ लाख ८८ हजार ८ सय ८० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भई एकीकृत कारोवार समेत आर्थिक वर्ष २०७७/०७८ मा शुरुवात गरिसकिएको हुँदा आयकर ऐन बमोजिम बोनस शेयरमा लाग्ने कर छुटको सुविधा समेत उपयोग गरिने भएकोले कम्पनीले कर प्रयोजनको लागि नगद लाभांश प्रस्ताव गरेको थिएँन। एकिकृत कारोबारपछि शेयर खरिद गरेकाले आफै कर तिर्नु पर्ने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय