गत सोमबार सेयर कारोबार  रोकिएको तत्काल छानबिन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं : फागुन ३० गते सोमबार सेयर बजार  खुलेको २ घन्टापछि कारोबार रोकिएको प्रति अर्थमन्त्रालयले चासो देखाएको छ । शनिबार अर्थमन्त्रालयमा भएको विकास समस्या समाधान समितिको बैठ्कमा सेयर कारोबार रोक्नु गम्भीर भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माले तत्काल छानबिन गर्न निर्देशन दिएका हुन् ।

 

‘केही दिनअघि नेप्से बन्द भएको कुरा गम्भीर हो । यो सामान्य बिषय होइन, त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस्’ उनले भने, ‘यो प्राविधिक विषय मात्र होइन जस्तो लाग्छ । यो समग्र पुँजी बजारलाई नै असर गरेको छ ।’ त्यस्तै राजस्व सचिव कृष्णहरि पुस्करले पनि सेयर बजार बन्द भएको बिषयमा जनताले दोषी थाहा पाउने गरी छानबिन गर्न निर्देशन दिएका छन् ।

 

 

सोमबार १२ः५३ बजेदेखि नेप्सेको कारोबार थियो । नेप्सेले ब्रोकर डाटा सेन्टरमा आएको समस्या आएको भन्दै समस्या समाधान भएपछि पुनः कारोबार समय थप गरेर कारोबार सञ्चालन गर्ने जनाएको थियो । तर, दिनभर समस्या समाधान नभएको भन्दै अन्तत बजार बन्द भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय