नेपाल लाइफको बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं : नेपाल लाइफ इन्सुरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १४% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ १०८५ रुपैयाँ ९ पैसा निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर सोमबार यसको सेयर कारोबार खुल्नेछ । नेप्सेले आइतबार अन्तिम कारोबार मूल्य १२३७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । कम्पनीले लाभांश अनुमोदन गर्न चैत २१ गते साधारण सभा बोलाएको छ ।
सभा होटल भिष्वा, वीरगंज पर्सामा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले आज (चैत ७ गते) बुक क्लोज गरेको छ । तसर्थ, आइतबार (चैत ६ गते) सम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । यसले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १४% बोनस र कर प्रयोजनका लागि ०.७३% नगद लाभांश गरि कुल १४.७३% लाभांश वितरण गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय