नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) विभिन्न ४ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।स्टकका अनुसार वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बोनस बापतको ८ लाख २३ हजार ८ सय ८८ दशमलव ८० कित्ता सेयर सूचिकृत भएको हो ।
यस्तै,नेपाल एसबीआई बैंक लिमिटेडकाे ३.५० प्रतिशत बाेनस बापतकाे ३३ लाख २२ हजार ७ सय ५२ दशमलव २६०३ कित्ता सेयर सूचिकृत भएकाे हाे ।यसका साथै, प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १५ प्रतिशत बाेनस बापतकाे ३६ लाख २५ हजार ५ सय ८५ दशमलव ५४ कित्ता सेयर सूचिकृत भएकाे हाे ।
त्यसैगरी, पाेखरा फाइनान्स कम्पनी लिमिटेडकाे ८.०७५ प्रतिशत बाेनस बापतकाे ७ लाख ७७ हजार ७ सय ४० दशमलव २३ कित्ता सेयर सूचिकृत भएकाे हाे ।