किन बढीरहेको छैन त जाल्पा सामुदायिकको सेयेर व्यालु ??  कारण येस्तो।

संगै आइपिओ निस्कासन गरेका राष्ट्र उत्थान र ईमर्जिंग नेपाल को भने शयेर आकास छुन लाग्दा जाल्पा समुदियक को अझै बढ्ने संकेत छैन। धेरै जना को यही कुरा र आसंखा हामीले मेटाउदै छम। खासमा जाल्पा न बढ्नु को कारण नै बिक्रेताको आभावले हो र जाल्पा सामुदायिक एक लघुवित्त भएको र जो कोहि ले नि तुरुन्तै बेच्न न चाहेकाले एसको मूल्यमा घिस्रण हुन पाएको छैन।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन पाउँथे ।

 

संस्थाकाे आईपीओमा परेकाे आवेदनले नयाँ रेकर्ड कायम गरेकाे थियाे । अन्तिम दिनसम्ममा २६ लाख ५९ हजार ५४० जनाले ३ करोड २५ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ६६.६५ गुणा धेरै हो ।

 

कति पुग्ला त जाल्पा सामुदायिक लघुवित्तको शेयर भ्यालु ??

कम्पनीकको विवरण हेर्दा र अरु येस्तै लघुवित्तसंग जुदाउदा भ्यालु रु.२००० प्रति कित्ता काट्ने देखिन्छ। तर एती नै चै भन्न मिल्दैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय