कुलमानले भने ‘महँगोमा विजुली किनेर भए पनि लोडसेडिङ हुन दिदैनौ’

नेपाल विद्युत प्राधिकारणले लोडसेडिङ नभएको र हुन पनि नदिने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले क्षणीक् समस्याको कारणले मात्र केहि दिन औद्योगिक क्षेत्रमा केहि बिजुली कटौती गरिएको भएपनि त्यसलाई लोडसेडिङ भन्न नमिल्ने बताए ।

उनका अनुसार भारतमा बिजुलीको मूल्य बढेको कारण नेपालले कबुल गरेको मूल्यमा बिजुली खरिद गर्न पाएको थिएन । तर आजबाट भने प्रति युनिट ३८ रुपैयाँमा बिजुली आयात गर्ने तयारी भईरहेकोले आजबाट कहिँ कतै पनि विजुली कटौती नहुने बताए । अहिलेको समस्या विश्वभरको भए पनि यो समस्या छोटोसमयको लागि मात्र हुने उनले बताए ।

उनले प्राधिकरणले महँगोमा खरिद गरेर भए पनि लोडसेडिङ हुन नदिने प्रतिवद्दता जनाए । उनले भने ‘लोडसेडिङ भएको छैन , हुदैन र हुन पनि दिदैनौ’ ।

प्राधिकारणका प्रवक्ता तथा प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले आज राति १२:१५ बजेदेखि प्रति युनिट ३८ रुपियाँमा विजुली खरिद गरिने बताए । उनका अनुसार ७ हजार मेगावाट आवर बिजुली आयात गरिने छ । यो मूल्यमा भने प्राधिकरणले विद्युत पाउने अपेक्षा गरिएको र औद्योगिक क्षेत्रमा लोडसेडिङ हट्ने बताए । उनले केहि दिन भारतमा विजुलीको मूल्य बढेकोले प्राधिकरणले कबुल गरेको मूल्यमा विजुली नपाउंदा औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नु परेको बताए ।

उनका अनुसार विगत केहि दिनमा ८ रुपैयाँमा कबुल गर्दा १२ रुपियाँ मूल्य पुगेको र नेपालले १२ रुपैयाँ मूल्य कबुल गर्दा १५.२७ रुपैयाँ भारुमा कारोबार भएर नेपालले बत्ति नपाएको र औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नु परेको बताए । आजबाट भने नियमित बिजुली आउने र कतै पनि विजुली अभाव नहुने प्रवक्ता भट्टराईले बताए ।

भारतले मुख्यत  कोइलाबाट बिजुली उत्पादन गर्दै आएको छ। रुस र युक्रेन युद्धको असरले कोइलाको मूल्य बढेपछि त्यसको असर बिजुलीको मूल्यमा परेको हो ।

भारतबाट आउनु पर्ने ४०० मेगावाट बढी बिजुली नपाएपछि प्राधिकरणले उद्योगहरुमा विद्युत कटौती अर्थात् लोडसेडिङ गरेको थियो ।  जसका कारण  बुधबार राति देखि नै भैरहवा, वीरगंज र विराटनगर क्षेत्रका ठूला  उद्योगमा बिजुली नियमित थिएँन ।  आजबाट भने समस्या नआउने प्राधिकरणको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय