ग्रीन भेन्चर्सको आइपीओ भर्नेको संख्या १६ लाख नजिक, शुक्रबार अन्तिम दिन

काठमाडौं : ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ भर्नेको संख्या करिब १६ पुगेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार साँझ ५ः०३ बजेसम्ममा १५ लाख ९२ हजार ७६३ जना आवेदकहरुले १ करोड ९५ लाख ३४ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । ग्रीन भन्चर्सले चैत ८ गतेबाट सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरेको हो ।

कुल ३१ लाख २५ हजार कित्ता सेयरमध्ये ५% अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र ३% अर्थात ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी भएको हो । यस आइपीओमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ग्रीन भेन्चर्सको आइपीओलाई औसत आधार जनाउने ‘कियर एनपी डबल बी’ रेटिङ दिएको छ । केयरले २०७८ पुस २ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको म्याद २०७९ मंसिर १५ गतेसम्म बहाल रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय