नेष्डो समृद्ध लघुवित्तको शेयेर हितग्राहीको खातामा , ओपेनिङ्ग रेन्ज नै येति धेरै

नेष्डो समृद्धले आफ़्न्नो कम्पनी को रिपोर्ट अनुसार अति उच्च देखाएको छ। नेष्डो समृद्धले आफ्नो नेट वोर्थ को ३ गुणा सम्म को ओपेनिङ्ग रेञ्ज तोक्ने छ। जसमा नेष्डो समृद्धको ओपेनिङ्ग रेञ्ज रु. २६०.८४ देखि रु 782.५२ सम्म तोक्ने छ। आज सम्म हेर्ने हो भने कम्पनीहरु ले पहिलो कारोबार नेटवोर्थ को उच्च बिन्दु बाटै गरेको हुन्छन। यसको हिसाबले नेष्डो समृद्धका शेयर होल्डर ले पहिलो दिनमै रु.७८२० कमाउने छन्।

संस्थाले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (फागुन २४ गते, मंगलबार) सम्पन्न भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड येलो पेगोडा होटल, जमल, काठमाडौँमा सम्पन्न भएकाे हाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा २५ लाख २७ हजार १ सय १ जनाले २ कराेड ८७ लाख ८१ हजार ५ सय २० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये, ४ हजार १ सय ४६ जनाको आवेदन रद्द थियाे । २५ लाख २२ हजार ९ सय ५५ जना याेग्य थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७७ हजार ४ सय ५६ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । ३ कित्ता अल्टर रहेकाे हुनाले २० कित्तामाथिका लागि भर्ने ३ जनाले एक एक कित्ता पाएका छन् ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ७४ हजार ५ सय ६३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कति पुग्ला त नेष्डो समृद्धको शेयर भ्यालु ??

कम्पनीकको विवरण हेर्दा र अरु येस्तै लघुवित्तसंग जुदाउदा भ्यालु रु.३००० प्रति कित्ता काट्ने देखिन्छ। तर एती नै चै भन्न मिल्दैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय