नयाँ सारथी लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् ११ प्रस्ताव

नयाँ सारथी लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख १० गते भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र २०७७ असोज ५ गतेपछि कायम शेयरधनीलाई बोनसमा कर लाग्ने भएको कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २३ देखि बैशाख १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।  चैत्र २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा  पेश हुने प्रस्ताव :

सामान्य प्रस्ताव: 

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्धारा प्रस्तुत आ.व.२०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष ०७७/७८ को वासलात, नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने ।

३) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६२ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आ.व.०७८/७९ को  लेखापरीक्षण कार्यको लागि कम्पनी ऐन २०६३ को दफा १६५(घ) वमोजिम लेखापरीक्षण समितिको सिफारिस वमोजिम लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी संचालक समितिको निर्णय अनुमोदन गर्ने ।

४) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.ब.२०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १.० प्रतिशतले (बोनस शेयरको कर प्रयोजनको लागि मात्र) हुन आउने रकम रु.२५,४९,५४०।-(अक्षरेपी पचिस लाख उनन्पचास हजार पाचसय चालिस मात्र) नगद लाभांस छुट्याएकोमा उक्त रकमबाट एकिकृत कारोवार प्रारम्भ भएको मिति २०७७ आश्विन ०५ गते पश्चात शेयर खरिद गरेका शेयरधनीहरुको हकमा मात्र कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गर्ने ।

५) साविक सारथी लघुवित्त वित्तीय संस्था, सत्यवती लघुवित्त वित्तीय संस्था र नयाँ नेपाल लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिई एकिकृत कारोवार हुनु अघिसम्मको वित्तीय विवरण र लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धी संचालक समितिको निर्णय अनुमोदन गर्ने।

विशेष प्रस्ताव 

ख) विशेष प्रस्तावहरु

१) संचालक समितिले प्रस्ताब गरे बमोजिम यस वित्तीय संस्थाको आ.ब.२०७७/७८ सम्मको संचित मुनाफाबाट हालको चुक्ता पूँजी २५,४९,५४,०००।-(अक्षरेपी पचिस करोड उनन्पचास लाख चौवन्न हजार मात्र) को १९% (उन्नाईस प्रतिशत) ले हुन आउने रकम रु.४,८४,४१,२६०।- (अक्षरेपी चार करोड चौरासी लाख एकचालिस हजार दुईसय साठी मात्र) बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताब स्वीकृत गर्ने।

२) सर्वसाधारणको लागि छुट्याएको साधारण शेयर सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्काशन (Further Public Issue) गर्ने र सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने सम्बन्धमा ।

३) थप सार्वजनिक निष्काशन (FPO) र बोनस शेयर वित्तरण पश्चात वित्तीय संस्थाको पूँजी बृद्धि हुने भएकोले पूँजी बृद्धि लगायतका विषयमा
प्रबन्धपत्र/नियमावलीमा संशोधन गर्ने सम्बन्धमा।

४) संचालक समितिको मिति २०७८ साल मंसिर १७ गते बसेको २८औं बैठकले प्रचलित कानून एव्म वित्तीय संस्थाको नियमावलीको अधिनमा रहि स्वतन्त्र संचालक पदमा एक कार्यकालको लागि श्री सृजना शर्मा (गौतम)लाई नियुक्त गरेकोमा सोको जानकारी सम्बन्धमा ।

५) वित्तीय संस्थाले अन्य वित्तीय संस्था गाभ्ने/गाभिने, प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनको लागि आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने ।

६) वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संसोधनमा नियमनकारी निकायले फेरबदल गर्न सुझाब वा निर्देशन दिएमा सोही
अनुरुप आवश्यक संशोधन वा परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने सम्बन्धमा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय