सूचीकृत भयो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र सूचीकृत भएको छ ।

यस बैंकले गत फागुन १ गतेदेखि फागुन ४ गतेसम्म बिक्री खुला गरेको ‘१०% एनआइएमबी डिबेन्चर २०९०’ सूचीकरण गरिएको नेप्सेले जनाएको हो । यसलाई कारोबारको लागि ‘एनआइएमबीडी९०’ सिम्बोल प्रदान गरिएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र बिक्री गरेको थियो । सोही इकाई सूचीकरण गरिएको हो ।

nimb

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय