लोकेशको सानदार शतक, आयरल्यान्ड को जित

त्रिवि क्रिकेट मैदानमा भएको नेपाल ‘ए’ र आयरल्यान्ड (ए) बिच को खेलमा नेपाल ‘ए’, आयरल्यान्ड (ए) सँग २१ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन  बनएको थियो ।

लोकेश बमले शतक बनाए पनि नेपाल ‘ए’ ले आयरल्यान्ड सँग हार बेहोरेको हो ।  लोकेशको सानदार शतकको पारी खेलेपनि अन्तिम ७ विकेट १२ रनको अन्तरमा गुमाएपछि नेपालले हार बेहोरेको हो।  २ सय २३ रनको विशाल लक्ष्य लिएर आएको नेपाल ‘ए’ १९.३ ओभरमा २ सय १ रनमा समेटियो ।

लोकेशले ५२ बलमै शतक पूरा गरेका थिए । उनले कुल ५६ बल खेली ९ चौका र ८ छक्का प्रहार गरे । उनलाई आरिफ शेखले राम्रो साथ दिएका थिए । आरिफले ४९ रन बनाए । उनले ४६ बल खेली १ चौका र ५ छक्का प्रहार गरेका थिए ।

आयरल्यान्ड (ए) का लागी पिटर मुरले ३२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रन बनाएका थिए। ओपनर रस आदिर दोस्रो बलमै फर्स्ट स्लिपमा आरिफ शेखबाट क्याच आउट भएका थिए । निल रकले २३ बलमा १ चौका र ३ छक्कासहित ३८ तथा ग्यारेथ डेलानीले १४ बलमा २ चौका र ३ छक्कासहित ३० रन बनाएका थिए । गेभिन होइले ६ बलमा २ छक्कासहित १८ रन जोडे ।

नेपालका लागी कमलसिंह ऐरीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । आरिफ शेख र सागर ढकालले भने समान १/१ विकेट लिए का थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय