‘लोडसेडिङ तालिका’ बनाउँदै विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा आवश्यक बिजुली दिन नसक्दा भैरहवा र लुम्बिनी क्षेत्रका उद्योगहरु समस्यामा परेका छन् । बेला बेलामा बिजुली आउने जाने हुँदा उद्योगहरुले हरेक दिन अर्बौ रुपैयाँ घाटा ब्यहोर्नु परेको पञ्चकन्या स्टिलका महाप्रवन्धक देवेन्द्र शाहले बताए ।

उका अनुसार आज सोमबार बिहान ४ बजेदेखि ६ बजेको अवधिमा ६ पटक विद्युत कटौती भयो । एक पटक विद्युत काटेर केही मिनेको अन्तरमा बिजुली छोडिँदा पनि ५ लाख बढी घाटा हुन्छ । आउने जाने समस्या दिनुभन्दा तालिका नै दिए हुन्थ्यो भन्ने आफूहरुको माग रहेको शाहले बताए ।

‘हरेक दिन १२ घण्टा लाइन काटिन्छ’

घरानाँ फुड्सका प्रवन्धक विकास गोयन्काका अनुसार औपचारिक रुपमा लिखित तालिका नआएपनि हरेक दिन १२ घण्टा विद्युत कटौती हुने गरेको छ । घोषित रुपमा नभई प्राधिकरणले अघोषित रुपमा यसो गर्दा आफूहरुलाई मर्का परिररहेको उनको गुनासो छ ।

‘बेलुका ६ बजेपछि घडी हेरेरै काटिन्छ, अनि प्राधिकरणमा फोन गरेर सोध्दा अब भोली बिहान ५/६ बजेतिर मात्रै आउँछ भन्ने जानकारी गराइन्छ’ गोयन्का भन्छन्, ‘बेलुका ६ बजे ट्याक्क गएको बत्ती बिहान कहिले ५ः५० तिर, कहिले ६ बजेतिर आउँछ ।’

विगत ६ दिनदेखि समस्या आएको भएपनि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरेको दिन चैत १० गते बिहिबार भने २२ घण्टा बिजुली दिईएको थियो ।

‘३ दिन पूरै अन्धकार नै भयो’ गोयन्काले थपे, ‘कुलमान सरले पत्रकार सम्मेलन गरेर अब समस्या आउँदैन भनेको दिन २२ घण्टा बिजुली दिईएको थियो, तर त्यसपछि फेरि अहिले १२ घण्टा काट्न थालिएको छ ।’

यो क्षेत्र प्राधिकरणको भैरहवा वितरण केन्द्र अन्तर्गत पर्छ । गोयन्काको घराना फुड्स उद्योग भैरहवाको अञ्चलपूर भन्ने ठाउँमा छ .

१२ घण्टा लोडसेडिङको तालिका बनाउँदै प्राधिकरण

अहिलेसम्म प्राधिकरणले उद्योगहरुमा कुनै जानकारी नै नदिई बिजुली काटौती गर्दै आएको छ । उद्योगीहरुले औपचारिक तालिका माग गर्दा प्राधिकरणको सम्बन्धित वितरण केन्द्रका कर्मचारीले ‘माथिबाट तालिका दिने आदेश छैन’ भन्ने जवाफ दिने गरेका छन् ।

तर, मणिग्राम र भैरहवा वितरण केन्द्रका विशेष स्रोतले भने प्राधिकरणको केन्द्रीय कार्यालयले लोडसेडिङ तालिका बनाउन सुरु गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय