रिभर फल्स पावर लिमिटेडले वैशाख २८ बाट आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि यही वैशाख २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले १०० अंकित दरका कुल २७ लाख ३० हजार कित्ता आईपीओ जारी गर्नेछ। कुल कित्तामध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ। बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधारणले आवेदन दिन पाउनेछ।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउनेछ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट दिन सकिनेछ। सीडीएससीको ‘मेरो सेयर’ बाट पनि आवेदन दिन सकिनेछ

यो आईपीओको निष्कासन बन्द छिटोमा जेठ ४ गते हुनेछ हुनेछ। यस अवधिसम्म मागबमोजम आवेदन नपरेको खण्डमा यो आईपीओमा जेठ ११ गतेसम्म आवेदन दिन पाइनेछ।

रिभर फल्सको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत चैत १० गते निष्कासन अनुमति दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय