महिलामाथि हिंसा मैले हैन , बालेनको र्‍यापले गरेको छ : स्थापित

काठमाडौँ । काठमाडौं महानगरपालिकाका उम्मेदवारहरु एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्ने क्रम बढेको छ । काठमाडौँ महानगरको मेयरका लागि एमालेबाट उठेका उम्मेदवार केशव स्थापितले आफ्ना प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि महिला हिंसाको आरोप लगाएका छन् ।

शाहले आफ्नो खास परिचय लुकाएको आरोप समेत लगाएका स्थापितले बालेनका र्‍याप गीतलाई लिएर थप प्रश्न उठाएका हुन् । र्‍याप भन्दैमा मनपरी गर्न नपाइने तर्क गर्दै स्थापितले बालेनको र्‍याप गीतले महिलामाथि हिंसा गरेको आरोप लगाए ।

मंगलबार काठमाडौँमा मतदातासँग अन्तरक्रिया गर्दै स्थापितले भने, ‘र्‍याप भन्दैमा मनपरी गर्न पाइन्छ ? उनको (बालेनको) र्‍यापमा महिलामाथि के के बोलेका छन् हेर्नुस् त, महिलामाथि हिंसा भएको छ ।’ स्थापितले सामाजिक सञ्जालमामार्फत आफ्नो दुष्प्रचार गरेर बालेनले आफूविरुद्ध नाजायज काम समेत गरेको आरोप पनि लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय