युनाइटेड इदी मर्दीको साधारणसभा आह्वान , यस्ता छन् प्रस्ताव

युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरले साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ १४ गते शनिवार साधारणसभा आह्वान गरेको हो ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत हुने आ.व.२०७७/७८ को वार्षिक प्रतिवेदन छलफल
गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरि पारित गर्ने र आ.व.२०७८/०७९ को लेखापरीक्षण कार्यको लागी लेखापरीक्षक नियुक्ति एंव निजको पारिश्रमिक
निर्धारण गर्ने प्रस्ताव पेश हुने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बैशाख २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय