अर्को हप्ता देखि शुक्रवार पनि नेप्से खुल्ने, कारण यस्तो..

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले जेठदेखि पाँचै दिन सेयर कारोबार हुने बताएका छन्। नेपाल उद्योग बाणिज्य महासंघले आज शुक्रबार गरेको परिपक्व पुँजी बजार सम्मेलनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष हमालले यस्तो बताएका हुन्।

सरकारले जेठदेखि हप्तामा दुई दिन अर्थात शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेपश्चात सेयर कारोबारमा कस्तो असर पर्छ भन्ने आम चाँसो रहेको थियो। सोहि बिषयलाई सम्बोधन गर्दै धितोपत्र बोर्ड अध्यक्ष हमालले सोमबारदेखि शुक्रबारसम्म पाँचै दिन सेयर कारोबार हुने स्पष्ट पारेका हुन्।

बोर्ड अध्यक्ष हमालले जेठदेखि नै लागू हुने गरि कार्यन्वयन गर्नलाई नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई आफुले निर्देशन दिईसकेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय