काठमाण्डाैमा वैशाख २७ गते मध्यरातिदेखि जाँड–रक्सी वितरणमा राेक(सूचना सहित )

काठमाण्डौ – यही वैशाख ३० गते हुन लागेको पालिका चुनावलाई लक्षित गरी काठमाण्डौमा यही २७ गते मध्यरातिदेखि जाँड–रक्सी वितरणमा रोक लगाइएको छ ।

काठमाण्डौ जिल्ला प्रशासनले आज आइतवार एक सूचना निकालेर काठमाण्डौमा वैशाख २७ गते मध्यरातिदेखि ३० गतेसम्म जाँड–रक्सी वितरणमा रोक लगाएको जानकारी दिएको हो । स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ –मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्था अन्तर्गत यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ ।

यस्तै वैशाख ३० गते चुनावको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका बाहेकका सवारी साधन विहान ६ बजेदेखि मतदान नसकेसम्म सञ्चालन नगर्ननगराउन पनि सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय