बालेनको अग्रता घट्यो….

काठमाडौं। काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले ५ हजारभन्दा धेरैको मतान्तरसहित अग्रता लिइरहेका छन् । उनको मत ११ हजारभन्दा माथि पुगेको छ ।पछिल्लो मतपरिणामअनुसार शाहले ११ हजार ७९२ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ६ हजार ४७६ मत पाएका छन्। कांग्रेसकी सिर्जना सिंहले ५ हजार ६७४ मत पाएकी छन्।

पछिल्लो समय बालेनले निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितसँग ५ हजार ३१६ र कांग्रेसकी सिर्जना सिंहसँग ६ हजार ११८ मतको अग्रता लिइरहेका छन् ।यसअघिको राउण्डको तुलनामा भने यसपटन उनको अग्रता थोरै घटेको छ । अघिल्लो राउण्डमा बालेनले एमालेका केशव स्थापितसँग ५ हजार ३७३ र कांग्रेसकी सिर्जना सिंहसँग ६ हजार १४६ मतको अग्रता लिइरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय