पैसा खुट्टामा राख्दै भोट मगेका भनेर भाईरल भएका वडा अध्यक्षका उम्मेदवार १०० मतले विजयी

सिन्धुपाल्चोक – खुट्टामा पैसा राखेर ढोग्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर १० का कांग्रेसका वडाध्यक्षका उम्मेदवार अमृत खनाल विजयी हुनुभएको छ ।

उहाँले १ हजार ४८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राप्रपाका टेकबहादुर तामाङले ९ सय ४८ मत ल्याउनुभएको छ ।
मेलम्ची नगरपालीका वडा नम्बर १० मा नेपाली कांग्रेस एक्लै र बाँकी चार दल एमाले, राप्रपा, माओवादी र समाजवादीबीच गठबन्धन भएको थियो ।

खनालले घरदैलो अभियानमा फुपूले टिका लगाएर आशिर्वाद दिएपछि गोडामा पैसा राखेर ढोगेको फोटो भाइरल भएको थियो । विपक्षीहरुले उम्मेदवारी नै खारेज गर्नुपर्छ भनेर निर्वाचन आयोगमा उजुरी दिएका थिए ।

चितबुझ्दो स्पष्टीकरण दिएपछि आयोगले उहाँलाई कारबाही नगरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय