मिड सोलु हाइड्रोले आईपिओ निष्काशन गर्ने,

मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले एनआईसी एशिया क्यापिटलको “आईडीया टु आईपिओ” सेवा अन्तर्गत आईपिओ निष्काशन गर्ने भएको हो।

मिड सोलु हाइड्रोपावर कम्पनीले ९.५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

“आईडीया टु आईपिओ” सेवा अन्तर्गत क्यापिटलले कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आईपिओ जारी गर्ने चरणसम्म पुयाउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने गरेको छ। सोही सेवा अन्तर्गत क्यापिटलले मिड सोलु हाइड्रोपावर कम्पनीसँग सम्झौता गरेको हो। सम्झौता अनुसार क्यापिटलले कम्पनीलाई आईपिओ निष्काशन गर्ने चरणसम्म पुर्याई आवश्यक संस्थागत परामर्श, निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारको सेवा प्रदान गर्ने छ।

क्यापिटलले “आईडीया टु आईपिओ” सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई तत्काल आईपिओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको आईपिओ जारी गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण कानूनी प्रकृया तथा तयार गर्नुपर्ने सम्पूर्ण कागजातको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथासिघ्र आईपिओ जारी गर्न योग्य कम्पनी बनाउन आवश्यक सम्पूर्ण सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय