काठमाडौं वडा नम्बर २७ र ८ मा बालेन शाहलाई धक्का,केशव स्थापित र सिर्जना अगाडि

काठमाडौं महानगरको मतगणना चलिरहँदा वडा नम्बर २७ मा बालेन शाहलाई केही धक्का लाग्ने देखिएको छ ।वडा नम्बर २७ मा ३०० मतको गणना सकिएको छ । अहिलेसम्मको मतगणनामा एमालेका उम्मेदवार केशव स्थापितले फराकिलो अग्रता लिइरहेका छन् ।

प्राप्त विवरणअनुसार ३०० भोटमा स्थापित एक्लैले १४८ भोट ल्याएका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालन साहको ४३ भोट र नेपाली कांग्रेसकी सिर्जना सिंहको ४१ भोट छ ।यस वडामा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमील पनि उल्लेख्य भोट ल्याइरहेका छन् । चौंथो स्थानमा रहेका उनको चुनावचिन्ह आँखिझ्यालमा अहिलेसम्म ३१ भोट आइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय