नयाँ चुनावपछि बन्ने कांग्रेसको सरकारले के गर्ने भनेर अहिलेदेखि तयारी थालेका छौं- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर या फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनबाट नेपाली कांग्रेसले बहुमतको सरकार बनाउने दाबी गरेका छन् । कांग्रेसको नेतृत्वमा सरकार बनेपछि पाँच वर्षमा के काम गर्ने भनेर अहिलेदेखि तयारी थालेको उनको भनाइ छ । आइतवार काठमाडौंमा स्वर्णिम वाग्लेको पुस्तक विमोचन कार्यक्रममा महामन्त्री थापाले आगामी निर्वाचनबाट कांग्रेसले बहुमतको सरकार बनाउने दाबी गरेका हुन् ।

मंसिर या फागुनमा हुने चुनाबाट कांग्रेसले बहुमत प्राप्त गर्छ, मतदातालाई हामी के कुरामा आश्वस्त पार्छौं भने २०४८ र २०५६ सालमा कांग्रेसले गरेको गल्ती र नेकपाको २०७४ सालको गल्तीबाट सिक्छौं,’ थापाले भने, ‘सरकार बनेपछिको पाँच वर्षमा के गर्ने र कसरी गर्ने भनेर टीममा काम गरिरहेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय