बालेन शाह जित तर्फ उन्मुख भईरहदा एक साता देखी थुप्रिएको काठमाण्डौको फोहोर रातरात उठाउन दिईन् मन्त्री झाँक्रीले निर्देशन

देशका मुख्य शहरमा स्वतन्त्र उम्मेद्धार धमाधम बिजयी हुन थाले पछि राजनितीक दलका नेताहरु लाई पनि तातो लागेको छ । काठमाण्डौमा राजनितीक दललाई नै चुनौती बनेर उदाएका बालेन शाह करिब जितको नजिक पुगे पछि नेताहरु थाती राखिएका काममा सक्रिय हुन थालेका छन् । हप्ता दिन देखी काठमाण्डौमा नउठेको फोहोर गृह मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधि, काठमाडौँ महानगरका प्रतिनिधिहरूको संयुक्त बैठक बसि रातारात उठाउने सहमती बनेको छ ।

यसैक्रममा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको सक्रियतामा सोमबार साँझबाट काठमाडौँ उपत्यकाको फोहोर उठाउन सुरु गरिएको छ । यतिका दिन सम्म फोहोर थुप्रिदा चुपचाप बसेकी मन्त्री आफै काठमाडौँका विभिन्न क्षेत्रमा पुगेर फोहोर उठाउन आवश्यक निर्देशन दिएकी छन् ।

उनले राती नै काठमाडौँको बालाजु, बानेश्वर, रातो पुललगायतका क्षेत्रमा पुगेर फोहोर उठाउन निर्देशन दिएकी छिन् । त्यहाँका स्थानीयसँग पनि उनले कुराकानी गरेकी छिन् । उनले स्थानीय संग फोहोर व्यवस्थित स्थानमा राख्न आग्रह गरेकी छिन् । काठमण्डौको फोहोर रातीनै बन्चरेडाँडा लगेर व्यवस्थापन गर्न सुरु गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय