शरिरबाट बिजय उत्सवको रंग पनि नमेटिंदै आजैबाट एक्सनमा उत्रीए धरानका मेयर हर्क साम्पाङ!

काठमाडौं । स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधि बधाई खान भ्याइ नभ्याइ रहँदा धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्कराज राई (साम्पाङ) अहिले कार्यक्षेत्र ‘फिल्ड’मा खटिएका छन् ।

धरानवासीको समस्या हल नगरुन्जेल आफू खुसी नहुने बताउने मेयर हर्क साम्पाङ पद धारण गरेको भोलिपल्टदेखि नै फिल्डमा पुगेर काम गर्न थालेका छन् ।

बुधबार नगरको खानेपानी मुहान पुगेर खानेपानी आपूर्तिको अवस्थाबारे अवलोकन गरे । खानेपानीको मुहान वरपरको कमजोरी सच्याउन र सरसफाइका लागि निर्देशन दिँदै आफैँ फिल्डमा खटिए ।

उनले आफ्नो फेसबुक पेजमार्फत भनेका छन्, ‘नेपानीको मूहान अवलोकन गरी कम्जोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन दिइयो ! जय धरान ! पनि सरसफाइ कार्यमा सहभागी भए ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय