काठमाडौँमा भारी वर्षा, ल्याण्ड गर्न नसकेर जहाज आकाश मै घुमेको घुम्यै

काठमाडौँमा भारी वर्षा भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ । भारी वर्षाका कारण आएका जहाज ल्याण्ड हुन सकेका छैनन् जहाजहरु गन्तब्यको लागि उड्न सकेका छैनन् ।

ल्याण्ड हुन नसकेर दोहाबाट काठमाडौँको लागि उडेको कतार एयरवेजको QTR644 जहाज आकाश मै घुमिरहेको छ । त्यस्तै भैरहवाबाट काठमाडौँ आएको बुद्दएयरको BHA860 , श्री एयरलायन्सको जहाज, र बुद्ध एयरको अन्य २ जहाज पनि ल्याण्ड गर्न नसकेर आकाश मै घुमिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय