अमेरिकामा नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति भराउन अस्पताललाई आदेश

काठमाडौं, जेठ १३ । अमेरिकाको मिनियसोटास्थित अदालतले नेपाली विद्यार्थी अनुज थापालाई खुट्टाको शल्यक्रियामा लापरबाही गरेको भन्दै एक अस्पताललाई ११ करोढ १० लाख (१३ अर्ब ७६ करोड नेपाली रुपैयाँ) क्षतिपूर्ति भराउने फैसला गरेको छ । क्षतिपूर्ति तिर्न त्यहाँको सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालका नाममा आदेश दिएको हो ।


सन् २०१९ मा थापाले सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालमा शल्यक्रिया गर्दा चिकित्सकीय लापरबाहीका कारण आफू शारीरिक रूपले अपांगता भएको दाबी गर्दै मिनियसोटा अदालतमा मुद्दा हालेका थिए । उनले शल्यक्रियामा भएको लापरबाहीबापत क्षतिपूर्ति माग गरेका थिए । थापाले दिएको निवेदनमा सुनुवाइ गर्दै मिनियसोटा अदालतले क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

मिनियसोटा अदालतले गत साता गरेको सो फैसला राज्यको अहिलेसम्मकै ठूलो व्यक्तिगत क्षतिपूर्ति हुन सक्ने अमेरिकी समाचार संस्था एसोसिएट प्रेस (एपी)ले जनाएको छ । एपीका अनुसार २५ वर्षीय नेपाली विद्यार्थी थापाले सन् २०१९ मा अस्पतालविरुद्ध क्षतिपूर्ति दाबी गर्दै मुद्दा हालेका थिए । थापाले सन् २०१७ जनवरीमा कलेजभित्र फुटबल खेल्दा उनको देब्रे खुट्टा भाँचिएको थियो ।

थापा सेन्ट क्लाउड विश्वविद्यालयमा पढ्थे । उनको खुट्टा भाचिँदा पहिलो वर्षमा अध्ययनरत थिए । उनलाई सेन्ट क्लाउड अस्पतालको सेन्ट्राकेयर सेन्टरमा लगियो । अस्पतालका डाक्टरले उनको खुट्टा भाँचिएको निष्कर्ष निकालेको थियो । त्यसपछि हाडजोर्नीका शल्यचिकित्सक डा चाड होलियनलाई डाकेर थापाको थप जाँच गराइएको थियो ।

डा होलियनले थापाको खुट्टा शल्यक्रिया गर्नुपर्ने निष्कर्ष निकालेपछि उनको शल्यक्रिया भयो । थापाले अदालतमा दिएको उजुरीअनुसार त्यसै रात डा होलियनकै नेतृत्वमा उनको खुट्टा शल्यक्रिया गरेको थियो । शल्यक्रिया गरेपछि उनको खुट्टा निको भएन । बरु धेरै नै पीडा भएपछि उनी पुन ६ दिनपछि अस्पताल भर्ना हुन गएका थिए ।

दोस्रोचोटि अस्पताल भर्ना भएपछि हाडजोर्नी विभागकै अर्का डाक्टरले उनको जाँच ग¥यो । जाँचपछि पछिल्लो ६ दिनयता उनको खुट्टामा हड्डी र मांसपेसीको समस्या आएको थाहा भयो । सो समस्या निवारण गर्न अहिलेसम्म कम्तीमा १२ पटक शल्यक्रिया गरिएको एपीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय