हराएको तारा एयरको जहाज मुस्ताङको लार्जुङ खोचमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जहाज दुर्घटनाग्रस्त अवस्थामा देखिएको भएपनि मौसमका कारण दुर्घटना स्थलमा जान नसकिएको वायु सेवा सञ्चालक संघले जनाएको छ ।
संघका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिएको तर, दुर्घटनास्थलमा जान नसकिएको बताएका छन् ।
‘लेतेबाट सम्पर्कविहीन भएको जहाज लार्जुङको बायाँपट्टि खोचमा भेटिएको छ तर, दुर्घटना स्थलमा जान सकिएको छैन’ कँडेलले भने ।
विमान दुर्घटना भएको स्थानमा पुग्न हेलिकप्टर परिचालन गरिएको छ । तर अवतरण गर्न सकिएको छैन । दुर्घटजा क्षेत्र मुस्ताङको थासाङ गाउँपालिकामा पर्छ ।
तारा एयरको विमान आज बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको थियो । विमनमा चालक दलका ३ सदस्यसहित १९ यात्रु छन् ।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host