८ महिनामै वैदेशिक रोजगारीमा गएका १,१७१ नेपालीले ज्यान गुमाए

काठमाडौँ — ८ महिनामै वैदेशिक रोजगारीका लागि गएका १ हजार १७१ नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार साउनदेखि फागुन मसान्तसम्म वैदेशिक रोजगारीको सिलसिलामा ती नेपालीको मृत्यु भएको हो । श्रम स्वीकृति लिएर गएका १ हजार १३८ पुरुष र ३३ महिलाले विभिन्न दुर्घटना तथा बिरामी भई ज्यान गुमाएका हुन् ।

मृ तकका ती परिवारलाई क्षतिपूर्तिवापत कुल ५७ करोड ९६ लाख राहत प्रदान गरिएको बोर्डले जनाएको छ । वैदेशिक रोजगारीको क्रममा मृत्यु हुने कामदारको नजिकका हकदारलाई बोर्डले आर्थिक सहायतास्वरुप ७ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।



पछिल्लो समय वैदेशिक रोजगारीमा गई मृत्यु हुनेको संख्या बढ्दो देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा कुल ६६१ जनाले ज्यान गुमाएकोमा २०७७/७८ मा १,२४२ जनाको मृ त्यु भएको थियो । सरकारले वैदेशिक रोजगारीको लागि संस्थागत रुपमा ११० र व्यक्तिगत रुपमा १७८ मुलुकमा खुला गरेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये प्रमुख रुपमा रहेका मलेसिया, कतार, साउदी अरब र यूएईमा मात्रै ९० प्रतिशत कार्यरत छन् । तीमध्ये मलेसियामा सबैभन्दा धेरै २७.६ प्रतिशत छन् । कतारमा २६.७, साउदी अरबमा २०.८ र यूएईमा १४ प्रतिशत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय