हर्क साम्पाङ्ग मेयर भएसँगै, धरानमा खानेपानीको नयाँ नियम, मुहानमा नगरप्रहरीको नियमित पहरा

धरानः हर्क साम्पाङ्ग धरान उपमहानगरको मेयर निर्वाचित भएसँगै खानेपानीको आपुर्तीलाई सहज बनाउन खानेपानीको मुहानमा उपमहानगरको नगरप्रहरीले नियमित रुपमा पहरा दिने भएको छ ।

धरानको खानेपानीको मुहान आपँगाछी क्षेत्रमा धरान उपमहानगरपालिकाको नगर प्रहरीको टोलीले सरसफाइ गरेपछि मुहानको सुरक्षाका लागि नगरप्रहरीलाई पहरामा खटाउन लागिएको हो ।



नगरप्रहरीले सरसफाइको क्रममा १० बोरा फोहोर संकलन गरेको उपमहानगरपालिकाका नगर प्रहरीको भनाई छ । १५ जना नगर प्रहरीले सो क्षेत्रमा पुगेर आज पहिलो पटक सरसफाइ गरेका हुन् ।मानिस समेत आवत जावत गर्न पुर्णरुपमा बन्देज गरिएको छ । सो क्षेत्रमा नगर प्रहरीले अव देखि नियमित डिउटी गर्ने भएका छन् ।

आपँगाछी क्षेत्र धरानको मुख्य खानेपानीको मुहान क्षेत्र भएकोले मान्छेको आवत जावतले मुहान क्षेत्रमा फोहोर बढ्ने भएकाले आवागमन समेत रोकिने भएको छ । सो क्षेत्र सफा राख्नका लागि विगतमै मानिस आउजाउ गर्न र फोहोर फाल्न नपाइने निर्णय भएको थियो ।

निर्णय पहिल्यै भएता पनि कार्यान्वायन भने भएको थिएन । तर अव देखि सो क्षेत्रमा कडाई गरिने बताइएको छ । गाडी रोकेर दिशा पिसाव गर्न समेत रोक लगाइएको धरान उपमहानगरको नगरप्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय