मलाई अहिलेपनि प्रधानमन्त्री बन्न अफर आएको छ, तर म यो गठबन्धन छोड्ने पक्षमा छैन्ः प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई अहिलेपनि निर्वाचनको लागि प्रधानमन्त्री बन्नको लागि प्रस्ताव आएको खुलासा गरेका छन् ।

प्राइम टिभीको पाँचौं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष साक्षात्कारमा पत्रकार ऋषि धमलासँग बोल्दै अध्यक्ष दाहालले यस्तो खुलासा गरेका हुन् । तर, आफू पाँच दलीय गठबन्धनकै पक्षमा रहेको पनि उनको दाबी छ ।

उनले गणतन्त्रको १५ वर्षको यात्रामा नेपालले समावेशी चरित्रको संविधान पाएको र अहिले संविधान कार्यान्वयनको दिशातर्फ मुलुक अघि बढिरहेको सुनाउँदै खुशी व्यक्त गरे ।

उनले संघीयता अहिले तल्लो तहसम्म कार्यान्वयन भएको र जनताले घरमै सुविधा लिएको सुनाए । पछिल्लो समय मुलुकमा विकास निर्माणले पनि गति लिन थालेको दाहालको भनाई थियो ।

उनले आजमात्रै संसद्मा पेश गरिएको बजेटले जनतामा नयाँ आशा जगाउने विश्वास दिलाए । उनले मुलुक विकासको लागि सबै दलहरुबीच सहकार्य र एकता आवश्यक रहेको स्पष्ट पारे ।

उनले आफूले संविधान जारी भएपछि यसको दशपछि समग्र रुपमा समिक्षा गर्नुपर्ने धारणा राखेको उल्लेख गर्दै स्थानीय तहको दोस्रो पटक निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोले अबको पाँच वर्षपछि संविधानको समिक्षा गरिने बताए ।

उनले मुलुकको विकासको बाधक भ्रष्टाचार भएकोले यसबाट मुलुकलाई मुक्त गरिनुपर्नेमा जोड दिए । उनले आगामी प्रदेश र संघको निर्वाचन पनि यही गठबन्धनले सम्पन्न गर्ने जनाए ।

उनले आफूलाई अहिले प्रधानमन्त्री बन्नको लागि प्रस्ताव आएपनि त्यतार्फत आफू नजाने सुनाए । उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनतर्फ संकेत गर्दै आफूहरुले देशलाई दुर्घटनाबाट बचाएको पनि स्मरण गराए । उनले आफूहरु गठबन्धन नै लिएर जाने र यसलाई बचाउने पक्षमा रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय