प्रधानमन्त्रीसँग काठमाण्डौका मेयर साहको भेटवार्ता, समस्या परेमा सम्झन देउवाको आग्रह

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न आज बुधवार दिउँसाे बालुवाटार पुग्नुभएका साहले आफूले गर्न खोजेका कामको बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराउँदै सहयोगको अपेक्षा राखेको बताउनुभएको छ ।

देउवाले चमत्कारिक जितका लागि साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । महानगरमा विजयी भएका कांग्रेसका जनप्रतिनिधिले पनि सहयोग गर्ने भन्दै देउवाले केही समस्या परे आफूलाई सम्झन मेयर साहलाई आग्रह गर्नुभएको छ ।

मेयर साहले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय