आईओसीले पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढाएर पठायो इन्धनको मूल्य, नेपालमा फेरि मुल्य बढ्ने सम्भावना देखियाे

नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनले नयाँ मूल्य सूची पठाएको छ । आईओसीले बुधबार पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ ।

त्यसैगरी, मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको निगमले जनाएको छ ।

डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ भने ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ ।

निगमले हाल आईओसीलाई पुरानो करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

नयाँ मूल्य सूची अनुसार अब पेट्रोलको घाटा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा, डिजेलमा २० रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ४ सय ५१ रुपैया घाटा रहेको निगमले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय