नेपाल विद्युत प्राधिकरणले फेरि भारतलाई बेच्न थाल्यो बिजुली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि भारतलाई बिजुली बेच्न थालेको छ । प्राधिकरणका अनुसार बुधबार रातिबाट पुनः ३९ मेगावाट बिजुली ‘इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स) लाई बेच्न थालेको हो ।

भारतलाई फेरि विजुली बेच्न थालेको जानकारी दिदै प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भनेका छन्, ‘हिजो रातिबाट त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको विजुली भारत निर्यात हुन थालेको छ । सबै सेवा शूल्कहरु घटाएर प्रतियुनिट औसत भारु ६ रुपैयाँ २८ पैसामा बिजुली बेचिएको छ । यो सोझै प्राधिकरणको खातामा आउने रकम हो ।’

प्राधिकरणका अनुसार ह्विलिङ चार्ज, मध्यस्थकर्ता कम्पनीको सेवा शूल्क कटाएर नेपालले करिब साढे १० रुपैयाँमा भारतमा बिजुली बेचेको हो । नेपालले गत वर्ष कात्तिक १७ गतेबाट ‘डे अहेड मार्केट’को अवधारणामार्फत् आईईएक्समा बिजुली बेच्न थालेको हो ।
भारतले हालसम्म नेपालका २ वटा आयोजना २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाको मात्रै बिजुली किन्नका लागि स्वीकृति दिएको थियो ।

तर, नेपालले भने ८ वटा आयोजनाहरु माथिल्लो तामाकोसी, कालीगण्डकी, मस्र्याङ्दी, मध्यमस्र्याङ्दी, माथिल्लो भोटेकोसी र चमेलिया जलविद्युत् आयोजनाको बिजुली पनि किन्न भारतलाई प्रस्ताव गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय