अपर सोलुको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज जेठ २० गते अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख २२ गतेदेखि आयोजना प्रभावित लाई आईपिओ बिक्रि खुला गरेको हो।

कम्पनीले सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुंग, गोराखानी, टाप्टिंग र तिङ्गला गाविसका सम्पूर्ण वडाको लागि शेयर निष्काशन गरेको हो । कम्पनीले यी क्षेत्रका स्थानीयलाई १३ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको छ । यस आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

स्थानीयलाई आईपिओ निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । नेपाल धितोपत्र बोर्डले बैशाख ७ गते कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसंगै कम्पनीले आयोजना प्रभावित र स्थानीयलाई गरि ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ भने सोलुखुम्बु मै २.८ मेगावाटको सिसा खोला ए आयोजना निर्माण गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय