एमाले मैले बनाएको हो, म एमाले प्रवेश गर्न सम्भव छः जसपा नेता अशोक राई

काठमाडौ । नेकपा एमालेका पूर्व उपाध्यक्ष अशोक राई जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई फेरि एमाले प्रवेश गर्न इच्छुक भएको अडियो बाहिरिएको छ ।

आफ्ना पुर्व प्रवक्ता तथा हाल नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालसँग कुरा गर्दै वरिष्ठ नेता राईले आफुले एमाले पार्टी बनाएको र आफु एमालेमा फर्किन सम्भव भएको बताएका छन् ।



रिजालसँग भएको कुराकानीमा वरिष्ठ नेता राईले भनेका छन्” एमाले मैले बनाएको हो। आफुले एमाले नछोडेको तर साथीहरुलाई राम्रो घर बनाऊ भनेर परदेश हिडेको मात्रै बताएका छन् ।”

वरिष्ठ नेता अशोक राईले नेकपा एमाले छाडेर संघीय समाजवादी पार्टी खोले र पछि उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालसँग एकीकरण गरेका थिए ।

नेकपा एमालेमा रहँदा पार्टी उपाध्यक्ष समेत रहेका राईले सात बर्ष पहिले आफू भन्दा धेरै जुनियर नेता उपेन्द्र यादवसँग पार्टी एकता गरेपछि उनी समस्यामा परेका थिए । उनीसँगै एमालेबाट संघीय समाजवादी पार्टी हुँदै फोरममा पुगेका नेताहरु राईसँग असन्तुष्ट बनेर पहिल्यै नै एमालेमा फर्किसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय