धितोपत्र बोर्डका पूर्व अध्यक्षलाई मृत्युदण्डको सजाय

छिमेकी मुलुक चीनमा धितोपत्र बोर्डका पूर्व अध्यक्ष तोङ दाओचीलाई मृत्युु दण्डको सजाय दिइने भएको छ ।

दाओचीले बोर्डको अध्यक्ष हुँदा र नगर प्रमुखका पदमा रहँदा २ अर्ब ७० करोड युआन–४ करोड डलरभन्दा बढी घुस लिएको प्रमाणित भएकाे छ । साेही आरोपमा उनलाई मृत्यु दण्डको सजाय दिइने भएको हो ।

उनले विभिन्न व्यक्ति र कम्पनीलाई स्टक सूचीकरण हुन, वित्तपोषण र अरु विषयमा सहयोग गरेबापत घुस लिएका चीनको सरकारी प्रसारण संस्था सिसिटीभीले जनाएकाे छ ।


चिनियाँ कानूनमा रहेकाे प्रावधान अनुसार दुई वर्षको कारावासमा यदि तोङले असल आचरण देखाएमा उनको मृत्युदण्डलाई त्यसपछि आजीवन कारावासमा परिणत गर्न सकिन्छ ।

हाल ५५ वर्षीय दाओची सन् २००० मा चिनियाँ धितोपत्र नियामक आयोगमा काम गर्न थालेका थिए । नियामक आयोगको कामपछि सन् २०१४ मा उनी सहायक वाणिज्य मन्त्री नियुक्त भएका थिए । त्यसपछि सन् २०१६ मा उनी हुबेई प्रान्तको उपप्रमुख र २०१८ मा सान्या सहरको प्रमुख भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय