प्रकाश सुवेदीको ‘रजतपट’, ‘ग्ल्यामर गफ’ र ‘बागीना’ कार्यक्रम बन्द !

काठमाडौ । ‘रजतपट अंकल’का रुपमा परिचित रंग पत्रकार प्रकाश सुवेदीले सञ्चालन गर्दै आएका तीनवटा कार्यक्रम बन्द हुने भएका छन् । उनले सञ्चालन गर्दै आएका साप्ताहिक मनोरञ्जनात्मक कार्यक्रम ‘रजतपट’, ‘ग्ल्यामर गफ’ र ‘बागीना’ अबदेखि प्रसारणमा नआउने भएका हुन् ।

यी तीनवटै मनोरञ्जनसम्बन्धी चर्चित टेलिभिजन कार्यक्रम हुन् । यी कार्यक्रममा सेलिब्रेटीहरूले बोल्ने कुरा एवं उनीहरूका समाचार तथागसिपहरूले निकै चर्चा पाउँदै आएका थिए ।


अब भने यी तीनवटै नाममा कार्यक्रम नआउने भएको हो ।

सुवेदीले यी तीनवटै कार्यक्रमलाई एउटै स्वरुप दिन लागेको जानकारी दिए । ‘हाम्रा तीनवटा कार्यक्रमहरु रजतपट, ग्ल्यामर गफ र बागीनालाई एउटै स्वरुप दिँदैछौं,’ शनिवारको ‘ग्ल्यामर गफ’मा सुवेदीले भनेका छन् ।

उनले तीनवटा कार्यक्रमलाई एउटै स्वरुप दिँदै ‘द प्रकाश सुवेदी शो’ नामक कार्यक्रम सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । असार २ गतेदेखि ‘द प्रकाश सुवेदी शो’ प्रसारणमा आउने उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय