पक्राउ परेका तिलक कोइरालाले प्रहरी परिसर भित्रैबाट अनसन शुरू गरे

शेयर बजार सुधारका लागि दबाव दिँदै आएका लगानीकर्ताहरुले सिहदरबार प्रहरी परिसर भित्रैबाट आमरण अनसन शुरू गरेका छन् । नेप्से कार्यालय अगाडि आन्दोलन गरिरहेको लगानीकर्ताहरुलाई प्रहरीले पक्राउ गरेर प्रहरी परिसर सिहंदरबार पुर्याएकाे थियाे । त्यहीबाट उनीहरुले अनसन शुरू गरेका छन् ।

पूँजी बजार सुधार र विकास संर्घष समितिका संयोजक तिलक कोइरालाले सिहदरबार प्रहरी परिसर भित्रै आमरण अनसन सुरु गरेका छन् ।

संयोजक कोइरालाले आमरण अनसन र पक्राउ परेका अर्काे चार जना रिले अनसन शुरु गरेका छन् । रिले अनसन शुरु गर्नेमा नवराज उप्रेती, सिताराम संजेल, नानी बाबु खरेल र पासाङ शेर्पा रहेका छन् ।

शेयर बजारको सुधारको लागि लगानीकर्ताले विभिन्न १९ बुँदे माग राख्दै आन्दोलन गरिरहेका छन् ।

समितिका संयोजन कोइरालाले असार १ गतेदेखि आमरण अनसन बस्ने तयारी गरेका थिए । तर नेप्से घेराउ कार्यक्रमा पक्राउ गरेपछि आजैदेखि अनसन शुरु गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय