पार्टीको निर्णय नमान्नेले पार्टी छोड्दा हुन्छ

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. वेदुराम भुसालले मन्त्री फेरबदलको पार्टी निर्णयबाट ब्याक नहुने बताएका छन् ।

प्राइम टेलिभिजनसँग कुरा गर्दै डा. भुसालले भने, “हामीले मन्त्री नियुक्ति गर्दा नै ६ महिनाका लागि प्रस्ट भनेका हौं । स्थानीय तहको चुनावपछि गरौंला भनेर दुई महिना रोकिएको हो । यो खासै नयाँ कुरा होइन ।



मन्त्रीले काम गर्न पाएनौं वा बजेट सेसन चलिरहेको छ भन्ने पनि अवस्था होइन । एउटा सरकारले बजेट ल्याउँछ, अर्को सरकारले खर्च छ । बजेटको जवाफ मन्त्रीले दिने होइन, सरकारले दिने हो । एउटा मन्त्रीको जवाफ अर्को मन्त्रीले दिने चलन पनि छ । यस कारण पार्टी आफ्नो निर्णयबाट ब्याक हुने अवस्था छैन । हामीले जे निर्णय गरेका छौं, त्यसमा अडिग छौं ।”

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री फेरबदलमा असन्तुष्टि नजनाएको पनि महासचिव डा. भुसालले स्पष्ट पारे, “नेकपा (एकीकृत समाजवादी) को निर्णयमा प्रधानमन्त्रीले यताउति गर्नुपर्ने, मन्त्रीले नमान्नुपर्ने कुनै कुरा छैन ।

यो प्रधानमन्त्रीसँग परामर्श गरेर नै भएको हो । प्रधानमन्त्रीले आज सपथ नगरौं, गठबन्धनका अन्य दलहरुको मनसाय पनि बुझौं, गर्ने हो भने एकैचोटि गरौं भन्नुभएको हो । अरु दलका नेताहरुले पनि एकीकृत समाजवादीको निर्णयको प्रभाव हामीलाई पनि पर्छ भन्नुभएको छ । त्यसैले हामी पर्खंदै छौं ।”

प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीको निर्णय नमाने के हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “प्रधानमन्त्रीले हिजोका लागि भन्नुभएको होला । उहाँले नमान्नुपर्ने कुरा नै छैन । भएन भने त्यसमा पनि छलफल हुन्छ । संस्थागत रुपमा सोचौंला । कसैलाई इच्छा छ भने अरु दलमा जाने भए पनि जान दिउँला । तर पार्टीको निर्णयबाट पछि हट्ने सम्भावना छैन ।”

मन्त्री फेरबदलले गठबन्धनमा टुटफुट नहुने पनि उनले स्पष्ट पारे । डा. भुसालले भने, “हो, स्थानीय तहको निर्वाचनमा गठबन्धनका सन्दर्भमा विभिन्न समस्या देखा परे । समग्रमा गठबन्धन गर्न सकिएन । उपगठबन्धन पनि बने

। पालिकाको प्रमुख र उपप्रमुुखमा मात्र भयो । वडा तहमा हुन सकेन । भएका ठाउँमा पनि इमानदारीपूर्वक भएन । त्यसमा ककसका के कति कमीकमजोरी रहे भन्ने हामी ठाउँमा पुगेका छैनौं ।

उनले केपी शर्मा ओलीसँग सहकार्य र एकताको कुनै सम्भावना नरहेको पनि दाबी गरे । डा. भुसालले भने, “राजनीति सम्भावनाको खेल हो । तर तत्काल नेकपा एमाले र केपी ओलीसँग समझदारी गर्ने सम्भावना एक रत्ति पनि छैन । केपीहरुसँग हामा धेरै कुरा मिल्दैनन् । कार्यदिशा, कार्यशैली, आचरणमा हाम्रो कुरा मिल्दैन ।

यो वास्तविकता होइन । माधव नेपाललाई कुनै प्रस्ताव आएको पनि छैन । भोलिको कुरा कसैलाई थाहा छैन । तर आजको दिनमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय