माओवादीले हत्या गरेका नारायण पोखरेलका छोरा दीनबन्धुसँग आर्शीवाद लिँदै प्रचण्ड

काठमाडौं, जेठ २५ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पण्डित दीनबन्धु पोखरेलसँग टीका लगाइरहेको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।


आजभन्दा १७ वर्षअघि पण्डित दीनबन्धु पोखरेलका बुवा वाचन शिरोमणि नारायणप्रसाद पोखरेललाई माओवादीले रुपन्देहीको दुधराक्षमा सप्ताह वाचनकै क्रममा गोली हानेर हत्या गरेको थियो ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले पनि ट्विटरमा ‘वाचनशिरोमणि नारायणप्रसाद पोखरेलको जीवनहरणको छोरा पं दीनबन्धुसँग प्रायश्चितको भिख’ भन्दै सो तस्बिर सेयर गरेका छन् । थापाको ट्विटमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय