धनकुटा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का धनकुटा जिल्ला अध्यक्ष कुमार बहादुर थापाले राजीनामा दिएका छन्।
उनले राप्रपाका केन्दीय अध्यक्षलाई पत्र लेख्दै धनकुटाको जिल्ला कार्य समितिको अध्यक्षबाट साधारण सदस्य मात्र रहने गरी पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्।
थापाले २०४८ सालमा पार्टी स्थापना भएयता आफू धनकुटाको जिल्ला कार्य समितिको अध्यक्ष रहँदा आफूलाई साथ र सहयोग दिने सबैलाई धन्यवाद पनि व्यक्त गरेका छन्।
उनले आफू धनकुटाको अध्यक्षमा नरहे पनि साधारण सदस्यको हैसियतमा आगामी दिनमा पार्टीलाई सहयोग जारी राख्ने उल्लेख गरेका छन्।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host